यी मागसहित विपक्षी गठबन्धन सर्वोच्च जाँदै

यी मागसहित विपक्षी गठबन्धन सर्वोच्च जाँदै

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धन सर्वोच्च अदालतमा दुईवटा माग उल्लेखित रिट निवेदन लिएर जान लागेको छ। 

प्रतिनिधिसभा पुनःस्थापना र पुनःस्थापनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने माग राखेर गठबन्धन सर्वोच्च जान लागेको हो।

कांग्रेस नेता रमेश लेखकले प्रतिनिधिसभामा सरकार बन्ने अवस्था रहँदारहँदै दावेदारी प्रस्तुत भए पनि बहुमतको दावी नपुग्ने भनेर राष्ट्रपतिले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नु असंवैधानिक भन्दै त्यसविरुद्ध सर्वोच्च जान बाध्य भएको बताए।

उनका अनुसार रिट निवेदन तयार भएकोले गठबन्धन केहिबेरमै सर्वोच्च जाँदैछ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रपति कार्यालय शीतल निवासलगायतलाई विपक्षी बनाइएको छ।

रिट निवेदनमाथिको सुनुवाइ हुँदा सर्वोच्चमा वादी (विपक्षी गठबन्धन) को तर्फबाट एमाले नेतासमेत रहेका डा. भीम रावल र कांग्रेस नेता रमेश लेखकले पनि बहस गर्ने भएका छन्।

Logo