विपक्षी गठबन्धनले विघटित प्रतिनिधिसभाका सदस्यहरूको हस्ताक्षर संकलन गरेको छ।
संसद् भवनको ल्होत्से हलमा हस्ताक्षर संकलन गरिसकिएको विघटित प्रतिनिधिसभाका सदस्य सुरेशकुमार राई ‘हिमाल’ ले बताए। गठबन्धनमा रहेका सांसदहरूको बैठक पनि सुरु हुन लागेको उनको भनाइ छ।
उनका अनुसार १४९ जना सांसदको हस्ताक्षर संकलन भएको छ।
शुक्रबार संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकारका लागि हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने सांसदहरूले हस्ताक्षर गरेको राईले बताए।
हस्ताक्षरसहित गठबन्धनले सर्वोच्च अदालतमा रिट निवेदन दिने तयारी गरेको छ।
रिटमार्फत प्रतिनिधिसभा पुनःस्थापना र बहुमतको आधारमा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न माग गरिने गठबन्धनको तयारी छ।





























प्रतिक्रिया