संविधानलाई मास्ने षड्यन्त्र भइरहेको छ: खिमलाल देवकोटा

संविधानलाई मास्ने षड्यन्त्र भइरहेको छ: खिमलाल देवकोटा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सहि दिशामा ल्याउन आफ्नो भूमिका हुने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले संविधानत्ः प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने भएपनि संसदलाई छलेर पटक पटक विघटन गरिएकाले संविधानलाई मास्ने र सिध्याउने खेल भएको बताए। 

संविधानलाई सबै मिलेर बचाउनु पर्ने भन्दै उनले आफ्नो भूमिका संविधानलाई बचाउन र संविधानलाई सहि दिशामा ल्याउनका लागि हुने बताए। 

डा.देवकोटाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्ने विश्वास व्यक्त गरे। संविधानलाई सहि दिशामा ल्याउनका लागि प्रतिनिधि सभा पुनर्स्थापनाको विकल्प नभएको उनले बताए। संविधानतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार दाबी गरिसकेपछि देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरिनु पर्नेमा त्यसो नगरी संविधानभन्दा बाहिर गइएको उनले बताए। 

उनले राष्ट्रिय सभा सदस्यको रुपमा शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिएका छन्। डा. देवकोटा जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूहको सहयोगमा निर्वाचित भएका हुन्। उनले नेकपा (एमाले)का उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका थिए।

Logo