नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार र व्यवहार लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि अनुकूल नभएको आरोप लगाएका छन्।
त्यसको दुष्परिणाम देशले भोगिरहेको उनको भनाइ छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको सफलताको लागि शासकको शैली र व्यवहारको निरन्तर समीक्षा गर्न आवश्यक रहेको पनि बताए।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आजकै मितिमा यसप्रति गम्भीरता राख्दै चुनौती पर गरेर अघि बढ्ने संकल्प गरिनुपर्नेमा सभापति देउवाको जोड छ।
उनले दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाको ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदप्रति सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
यस्तै देउवाले कोभिड १९ को महामारीका कारण देशले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहँदा पनि जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको टिप्पणी गरे।
यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरे।





























प्रतिक्रिया