नेकपा एमालेका नेता योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन्।
नेता भट्टराईले विमानस्थलको नाम परिवर्तन गर्नु अघि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन्। त्यस्तै उनले नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नु पर्ने उल्लेख गर्दै सबैसँग छलफल र विमर्श गरिनुपर्ने बताए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार बजेट भाषण प्रस्तुत गर्दै सुकेटार विमान स्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल र तेह्रथुमको चुवान डाँडा विमानस्थललाई आङ छिरिङ शेर्पा विमानस्थलको नाम दिइने बताएका थिए।
यसप्रति नै संकेत गर्दै नेता भट्टराईले गर्दै फेसवुकमार्फत् सरोकारवालासँग व्यापक छलफल गरिनुपर्ने बताएका हुन्।
उनले लेखेका छन्ः– ‘ताप्लेजुङ सुकेटार बिमानस्थलका बारेमा, ऐतिहासिकरुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुन सक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भने मात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’





























प्रतिक्रिया