रिट निवेदक तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ देउवा बहुमत पुर्याएर गएको दाबी गरेका छन्।
त्यसो हुँदा पनि राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्दा अवरोध गरेको बताए।
उनले समर्थनसहितको हस्ताक्षर नदोहोरिएको पनि जिकिर गरे। कसैले भनेकै आधारमा दोहोरो भएको भन्न नमिल्ने उनको भनाइ छ।
यादव लगत्तै वरिष्ठ अधिवक्ता शम्भू थापा बहसमा आएका आएका छन्। उनले बहस सुरु गरेका छन्।
उनी पनि रिट निवेदक देउवा पक्षबाटै बहस गर्न आएका हुन्।





























प्रतिक्रिया