नेपाल-खनालसहित एघार एमाले नेतामाथिको कारवाही निष्क्रिय

नेपाल-खनालसहित एघार एमाले नेतामाथिको कारवाही निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी एमालेको भंग गरिएको दशौं राष्ट्रिय महाधिवेशन कमिटीको अन्तिम बैठकले माधव नेपालसहित एधार जना नेतामाथि गरिएको कारवाही निष्क्रिय गरेको छ।

पार्टीका प्रवक्त प्रदीप ज्ञवालीले आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा परिर्वतन गर्ने पार्टीको निर्णयसँगै यस अघि गरिएका कारवाहीहरु निष्प्रभावी रहने बताए।

उनले भने, ‘अब यस अघिको कारवाही रहेन।’ ज्ञवालीले यो कदमले पार्टी सुदृण र एकतावद्ध बन्ने विश्वास लिएको बताए ।

१० जेठमा नेकपा एमाले स्थायी कमिटीको बैठकले पार्टीका बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित एघार नेताहरुलाई कारवाही गरेको थियो।

कारवाहीमा परेका अन्य नेताहरुमा भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरलाकुमारी यादव, निरादेवी जैरु, कल्याणीकुमारी खड्का लगायत रहेका थिए।

उनीहरुलाई पार्टीविरूद्ध गतिविधि गरेकाले नेकपा एमालेले निस्कासन गर्ने निर्णय गरेको थियो।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेलाई बोलाइएको छ। 

Logo