भोलि बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

भोलि बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भोलि अर्थात आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) को निधनका कारण आइतबार पार्टी कार्यालय बन्द हुने भएकाले बैठक स्थगित भएको हो । खनुपरुदेको शुक्रबार अपरान्ह ओम अस्पतालमा उनको निधन भएको थियो ।

कांग्रेसमा पार्टीका पूर्वपदाधिकारीको निधन भएमा एक दिनका लागि पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालय बन्द गर्ने र तीन दिन झण्डा झुकाउने चलन छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक कहिले बस्ने भन्ने पनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

Logo