नेपाली कांग्रेसका सांसदले राष्ट्रिय सभा बैठकमा 'कालो टोपी' प्रदर्शन गरेका छन्। सरकारको विरोधमा कांग्रेस सांसद रमेशजंग रायमाझीले बैठकमा कालो टोपी प्रदर्शन गरेका हुन्।
सांसद रायमाझीले आफूले सरकार र प्रतिनिधिसभा विघटनविरूद्ध सांकेतिकरूपमा कालो टोपी देखाएको बताए।
उनले भनेका छन्, ‘मैले यो सदनमा टोपी लगाएँ होला, आज क्याप लगाएर प्रवेश गरेको छु।
सदनमा कालो झण्डा देखाउने अवस्था नभएकाले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत गरेको छु, उनले भने।
उनले आफूले नगरपालिकामा बस्दासमेत कहिल्यै क्याप नलगाएको बताए। उनले भने, 'मैले मोरङ वा सुदरहरैंचा नगरपालिकामा बस्दा पनि कहिल्यै क्याप लगाएको थिइनँ।'
आज झन्डाको रूपमा सांकेतिकरूपमा सरकार र प्रतिनिधसभा विघटनविरूद्ध आवाज उठाएको छु, उनले भने।
रायमाझी राष्ट्रिय सभा बैठकमा सहभागी हुन कालो क्याप, कालो सर्ट र कालो कोट लगाएर पुगेका थिए।





























प्रतिक्रिया