निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका: नेता काेइराला

निर्धारित मितिमै महाधिवेशन हुनेमा आशंका: नेता काेइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन्। 

महामन्त्री कोइरालाले पार्टीको क्रियाशील सदस्यता नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने वा नहुनेमा प्रश्न चिन्ह खडा भएको बताएका हुन्। विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन प्रति आशंका पैदा हुने बताए। क्रियाशील सदस्य छिटो टुंग्याउनको निम्ति आफूहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए। 

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ। बिहीवार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए। 

रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मिनेन्द्र रिजाल लगायतका नेताहरुसहितको बैठकमा पनि पार्टीको क्रियाशील सदस्य कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले जानकारी दिए।  क्रियाशील सदस्य टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने उनको भनाइ छ।

Logo