एक हप्तादेखि निरन्तर बसेको एमाले कार्यदलको बैठकले पार्टीको एकता कायम गर्न २०७५ जेठ २ गतेको केन्द्रीय समिति कायम रहने मुख्य सहमतिको प्रस्ताव गरेको छ ।
यसका साथै सर्वोच्च अदालतले नेकपा खारेज गरि नेकपा एमाले र नेकपा माओबादी केन्द्र बनाएपछि पार्टीको नाममा भएका सबै निर्णय खारेज गर्ने प्रस्तावमा सहमति भएको छ । यसका साथै दुई पार्टी भएपछि नेकपा एमालेमा नै रहेका नेकपा माओबादी केन्द्रका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा रहँदाको पद र हैसियतमा रहने गरि प्रस्ताव गरिएको छ ।
यस्तै सर्वोच्चमा विचाराधीन मुद्दालाई असर गर्ने गरि कुनैपनि क्रियाकलाप वा अभिव्यक्ति नदिने प्रस्ताव पनि १० बुँदे सहमतिमा गरिएको छ । यो सहमतिको प्रस्तावलाई दुवै शीर्ष नेताहरुलाई दिएर भोलिको स्थायी समितिको बैठकमा पेश गर्ने बताइएको छ ।
बिहान ९ बजेदेखि बसेको बैठक लगातार १३ घण्टा बसी १० बजे सकिएको थियो ।






























प्रतिक्रिया