प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ७ जेठमा गरेको प्रतिनिधिसभा विघटनलाई ८ जेठमा राष्ट्रपतिले सदर गरेपछि मुलुक निर्वाचनतर्फ धकेलिएको थियो। तर, सर्वोच्च अदालतको २८ असारको फैसलासँगै मुलुकको राजनीति उथलपुथल भएको छ।
प्रधानमन्त्री ओली ओली सत्ताबाट बाहिरिने भएका छन् भने नयाँ प्रधानमन्त्रीका रूपमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सत्ता सम्हाल्दैछन्।
प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो समूहका २३ सांसदको हस्ताक्षरसहित रिट निवेदनमा हस्ताक्षर गरेका एमाले वरिष्ठ नेता माधव नेपाल अब कसरी अघि बढ्लान् भन्ने आमचासो छ।
आफ्नै नेतृत्वको सरकार गिराउन अग्रपंक्तिमा रहेर संघर्ष गरेका माधव नेपालको रणनी अब के हुन्छ त? वरिष्ठ नेता नेपाल अहिले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग रुष्ट देखिन्छन्।
ब्युँतिएको एमाले कार्यदलले असार २७ गते आइतबार १० बुँदे सहमति गर्याे, कार्यदलले गरेको सहमति ड्राफ्टलाई असार २७ गते स्थायी कमिटीले अनुमोदन गर्ने भनी ओलीले बैठक बोलाए। तर, माधव पक्ष भने गएन।
माधव नेपाल पक्षका नेता एमाले उपाध्यक्ष भीम रावल स्थायी कमिटी बैठक बसिरहेका बेला बालुबाटार पुगेका थिए। तर, केही बेरमै उनी बाहिरिए। उनले सहमतिको ड्राफ्ट अध्यक्षलाई बुझाएर फर्किएको प्रतिक्रिया दिए।
उता, माधव नेपालले भने आफूनिकट स्थायी कमिटीको बैठक बोलाए र, ओलीले बोलाएको बैठकमा नजाने निधो गरे।
माधव पक्षका कार्य दलका सदस्यहरु पनि स्थायी कमिटीको बैठकमा गएन्, २७ असारको कार्यदलको निर्णय सुनाउँदै भोलिको स्थायी कमिटी बैठकले यसलाई अनुमोदन गर्छ भनी बाहिरिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त पनि बैठकमा गएनन्।
एमाले स्थायी कमिटी बैठक बसिरहेका बेला माधव नेपाल भने विपक्षी गठबन्धनको बैठकमा सहभागी बने। माधव नेपालको आजको दौडधूपले उनी ओलीसँग मिल्नु भन्दा पनि विपक्षी गठबन्धनसँगै रहन चाहेको छाँट देखिएको छ।
पार्टी अध्यक्षले बोलाएको बैठकमा नगई उनले विपक्षी गठबन्धनबाट शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने गरी विपक्षी गठबन्धनको बैठक कोटेश्वरले बोलाइनुले उनी अध्यक्ष ओलीसँगै रहलान् त भन्ने प्रश्न जन्मिएको छ। कांग्रेस सभापति देउवाले एक महिनाभित्र विश्वासको मत पाउने वा नपाउने भन्ने माधव नेपाल पक्षको हातमा छ।
तर, माधव नेपालले बिपक्ष गठबन्धनको बैठकमा सबैलाई समेटेर सरकार गठन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेको हुँदा उनी मिल्नेमा तगारो बन्ने आँकलन गर्न सकिन्छ।
बैठकमा सरकार गठन र पावर सेयरिङका विषयमा छलफल भएको थियो। नेपालले सर्वोच्चको फैसलापछि एमालेको अहिलेको परिस्थितिमा परिवर्तन आउनसक्ने सम्भावना यथावत रहेको भन्दै सुझबुझपूर्ण ढंगले अगाडि बढ्न देउवालाई सुझाएको बताइएको छ।
अहिले पनि माधव नेपालले ओलीसँग सहकार्यको छाँट भने देखाएका छैनन्। अदालतको आदेशपछि ४१ महिना सत्तामा रहेका ओली तत्कालै सत्ताबाट बाहिरिँदैछन्।





























प्रतिक्रिया