अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने

अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा(एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको दाबी गरेका हुन्। 

उनले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तिनवटा अंगहरु बीचको शक्ति सन्तुलनलाई हल्लाईदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताए । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भए पनि कार्यान्वयन भने गर्ने उनले बताए ।

‘नेकपा एमाले स्थायी कमिटी सदस्यहरूकाे साझा दृष्टिकोण के रहेको छ भने यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीको आधारभुत संरचनाहरुलाई निकै खल्बल्याउने काम गरेको छ । कुनै पनि लोकतन्त्र शक्तिपृथकीकरणका नियन्त्रण र सन्तुलनका सिद्धान्त माथि उभिएको हुन्छ । राज्यका तिनवटा अंगहरु विधायिका, कार्यपालिका, न्यायपालिका बीचको सन्तुलन र समन्वयले मात्रै लोकतान्त्रिक प्रणाली दिगो र टिकाउ हुन सक्छ । तर आजको फैसलाले यो शक्ति सन्तुलनका पिल्लरहरुलाई एकदमै हल्लाईदिने कामहरु गरेको छ ।'

उनले थपे-'सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय भएपनि, त्रुटीपूर्ण भएपनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसलाको कार्यान्वयन त हामी गर्छौ तर यसले जुन दिशातिर मुलुकको राष्ट्रिय राजनीतिलाई र प्रणालीलाई लग्न खोजेको छ हामी एकदमै चिन्तित भएका छौँ ।’

पार्टी स्थायी कमिटिको बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिए ।

Logo