महान्यायाधीवक्ता रमेश बडालद्वारा राजीनामा

महान्यायाधीवक्ता रमेश बडालद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन्। बडालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्रीबाट केपी शर्मा ओली हट्न लागेसँगै महान्यायाधीवक्ता बडालले पनि राजीनामा दिएका हुन् ।

०७७ चैत ६ गते तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेलले  राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो। सोही अनुसार आज प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिँदैछन्। 

Logo