नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच आज भेटवार्ता भएको छ। नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेट भएको हो।
एमालेका वरिष्ठ नेता नेपालसँग भेटवार्ताका लागि विप्लव आज बिहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । त्यस लगत्तै प्रचण्ड पनि पुगेका थिए। उनीहरु बीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ।
स्रोतले जनाए अनुसार महासचिव विप्लवसँग स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला पनि गएका थिए।
विप्लवले यसअघि हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।
नेपाली राजनीतिमा विप्लवको सक्रियता बढ्दै जानुलाई निकै चासोका रुपमा लिइएको छ।





























प्रतिक्रिया