मुलुकको पछिल्लो राजनीतिक अवस्था, सङ्घीय संसद्को बैठकलगायतका विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताका बीचमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि गठबन्धनको बैठक बसेको हो।
बैठकमा सहभागी नेताहरुका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। बैठकमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार गठबन्धनको भावनाअनुसार अगाडि बढ्नेलगायतका विषयमा छलफल केन्द्रित रहेको थियो।
बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका माधवकुमार समूहका नेता विजय पौडेलको उपस्थिति थियो।





























प्रतिक्रिया