प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत, अमर्यादित र असंवैधानिक रहेको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन्।
‘लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्यमाथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ,’ उनले शुक्रबार ट्वीट गरेका छन्।
संघियता देशले धान्न नसक्ने र अनावश्यक भएकाले संघिय संरचनावारे पुनर्विचार गर्नुपर्छ भन्ने उनको मत रहेको छ।
ओली सरकारले संसद् विघटन गरेर अध्यादेशमार्फत् बजेट ल्याएको समयमा पनि बजेट अध्यादेशबाट ल्याउने कतै नखुलाइएको भन्दै असंवैधानिक रहेको विज्ञहरूले बताएका थिए।





























प्रतिक्रिया