नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा पार्टीको निर्वाचन समितिले तयार गरेको निर्देशिकाको विषय, केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सदस्यताको सम्बन्धमा गरेको प्रगतिको विषय र समायोजन समितिले हालसम्म गरेका निर्णय र तिनको कार्यान्वयनको सम्बन्धमा छलफल गरिएको नेता रमेश लेखकले जानकारी दिए ।
‘केन्द्रीय क्रियाशिल छानविन समितिमा हामीले अब हाम्रो कामलाई अन्तिम चरणमा प्रवेश गरिसकेका छौँ । हाम्रो काम अलमोष्ट सकिएको अवस्था छ । र हामीले आज सभापतिजीसँग प्रतिवेदन बुझाउनका लागि समय पनि माग गरेका छौँ । आदरणीय सभापतिजी, प्रधानमन्त्रीजीको कार्यव्यस्तताको कारणले भोली पर्सि जुनदिन उहाँलाई फुर्सद हुन्छ हामी प्रतिवेन बुझाउछौँ भनेर भनेका छौँ' उनले भने ।
उनले कांग्रेसको क्रियाशिल सदस्यताको विषय टुंगिसकेको बताए । विदेशमा समेत गरेर कांग्रेसको क्रियाशिल सदस्य ९ लाखको हाराहारीमा रहेको उनले बताए ।





























प्रतिक्रिया