एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार बस्ने

एमाले स्थायी कमिटी बैठक आइतबार, केन्द्रीय कमिटी सोमबार बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताए। साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बोलाइएको छ। उनका अनुसार पार्टी संरचना ०७५ जेठ २ गते अगाडि फर्काउँदै  आइतबारको बैठकमा नेपाल पक्षका नेतालाईसमेत डाँकिएको छ।

एमालेले साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन। सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो।

Logo