मन्त्रालय भागबन्डा गर्न बालुवाटारमा जुटे देउवा-प्रचण्ड

मन्त्रालय भागबन्डा गर्न बालुवाटारमा जुटे देउवा-प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेका छन्।

प्रचण्डको सचिवालयले जनाएअनुसार मन्त्रिपरिषद् विस्तारबारे उनीहरूबीच छलफल भइरहेको छ।

बालुवाटारमा पुग्नुअघि प्रचण्डले कोटेश्वरस्थित निवास पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्वाद गरेका थिए भने त्यसपछि जसपा अध्यक्ष उपेन्द्र यादवले नेपालसँग कोटेश्वरै पुगेर संवाद गरेका थिए।

प्रचण्ड र यादवले नेपालसँग सरकारमा सहभागिताका लागि कानुनी अड्चनलगायत विषयमा छलफल गरेका थिए।

यस्तै प्रधानमन्त्री देउवाले संसद्बाट विश्वासकाे मत लिएपछि मन्त्री परिषद् विस्तारका लागि सत्तारुढ दलका शीर्ष नेताहरुकाे भेटघाट बाक्लिएकाे छ।  
 

Logo