कांग्रेसमा १५ सांसद मन्त्रीका लागि ‘लबिङ’मा

कांग्रेसमा १५ सांसद मन्त्रीका लागि ‘लबिङ’मा

केन्द्रबिन्दु
0
Shares

शेरबहादुर देउवा गठबन्धन सरकारको प्रधानमन्त्री भए लगत्तै नेपाली कांग्रेसका सांसदहरू मन्त्रीका लागि ‘लबिङ’मा छन्।

गठबन्धनमा रहेका दलहरूबीच खटपट नभए करिब १७ महिना सरकार रहने र त्यसपछि पनि चुनावी सरकार गठन हुने भएकोले मन्त्री हुन सांसदहरू जोड्बल गरिरहेका हुन्।

एकातिर गठबन्धनका अन्य घटकहरूलाई सरकारमा सहभागी गराउनुपर्ने बाध्यता देउवासामु रहँदा अर्कोतिर पार्टीका सांसदहरूले दिएको दबाब देउवालाई थेगिनसक्नु छ।

सांसदहरू पुष्पा भुसाल, डा. डिला संग्रौला, डा. नारायण खड्का, भरत साह, किशोरसिंह राठौरदेखि देवेन्द्रराज कँडेल संस्थापन पक्षबाट लबिङमा रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षबाट उपप्रधानमन्त्रीसहति डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये कुनै एक जना सरकारमा जाने भएका छन्।

पौडेल पक्षकै सांसदहरू प्रमिला राई, विजय यादव, तेजुलाल चौधरीसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट सांसदहरू गगनकुमार थापा, भीमसेनदास प्रधान र उमाकान्त चौधरीले मन्त्रीका लागि लबिङ गरिरहेको स्रोतले जनाएको छ।

मन्त्री हुन चाहने सांसदहरू अधिक भएपछि देउवा भने समस्यामा परेका छन्। गठबन्धन सरकार भएकाले उनले अब बढीमा पार्टीबाट पाँच जनालाई मन्त्री बनाउने छन्।

Logo