अबको महाधिवशेनबाट राप्रपा वैकल्पिक शक्ति बन्ने थापाको दाबी

अबको महाधिवशेनबाट राप्रपा वैकल्पिक शक्ति बन्ने थापाको दाबी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई देशमा राजनीतिक स्थायित्व, शान्तिसुरक्षा र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

राप्रपाद्वारा आज हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशाविपरीत अहिलेको धर्मको व्यापक परिवर्तनका साथै बाह्य चलखेलको प्रभावले गर्दा राष्ट्र गम्भीर सङ्कटमा पर्न लागेको बताए । 

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमूलक ढंगले लादिएको समेत उनको दाबी छ ।

उनले मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गरे ।

साथै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् । गठबन्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको उनको दाबी छ । 

कांग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत र नीतिगत भिन्नता नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा मात्र भएको दाबी गरे ।

Logo