क्रियाशील सदस्यता छानविन प्रतिवेदन बुझाउने समितिले तयारी

क्रियाशील सदस्यता छानविन प्रतिवेदन बुझाउने समितिले तयारी


नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समिति सदस्य तथा प्रवक्ता प्रदीप पौडेलले प्रतिवेदन शुक्रबारसम्ममा बुझाइने तयारी भएको केन्द्रविन्दुलाई बताए।

‘आज बुझाइएन, भोलिसम्ममा पार्टीमा बुझाउँछौं’ नेता पौडेलको भनाइ छ। नेता रमेश लेखक नेतृत्वको समितिमा देशभरबाट करिब पाँच हजार सदस्यताबारे उजुरी परेको छ। परेका उजुरीबारे समितिले छानविन सक्न लागेको छ।

फोरम लोकतान्त्रिकदेखि कांग्रेसमा आएको नेता विजयकुमार गच्छादार पक्षलाई २५ हजार, राप्रपाबाट आएका नेता सुनीलबहादुर थापा पक्षलाई १० हजार र अन्य विभिन्न पार्टीबाट जिल्ला तहमा एकता गर्दै आएका नेताहरूलाई मनोमानी ढंगले सदस्यता वितरण गरेको भन्दै उजुरी परेको हो।

पार्टीको १४ औं महाधिवेशन आउनै लाग्दा प्रारम्भिक मतदाताले प्राप्त गर्ने क्रियाशील सदस्यताबारे टुङ्गो लागिसकेको छैन।

Logo