नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले युथर्फोसको भ्याली कमाण्ड गठन गर्दैछ। त्यसका लागि संघले आज माइतीघरमा मार्चपाससहित वृहत शक्ति प्रदर्शन पनि गरिरहेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै भ्याली कमाण्डका पदाधिकारीहरुलाई सपथ खुवाउने कार्यतालिका रहेको संघका सचिवालय सदस्य बेनी कार्कीले बताए।
संघले आजै मोटरसाइकलसहित र्याली पनि गर्ने बताइएको छ। कार्यक्रममा युवा संघ इन्चार्ज महेश बस्नेतको नेतृत्वमा युवाहरु भेला भएका छन्।
राष्ट्रिय युवा संघ सर्वोच्चको २८ असारको फैसलापछि पनि विभिन्न आन्दोलनको घोषणा गरेको छ।
जालझेल, कपट तथा षडयन्त्रपूर्ण तरिकाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट परमादेशको माध्यमबाट हटाई शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै युवा संघ चरणबद्धरुपमा आन्दोलनमा उत्रिएको हो।





























प्रतिक्रिया