युथफोर्सले फ्याँकेको फोहोर डा. केसी समर्थकले उठाए

युथफोर्सले फ्याँकेको फोहोर डा. केसी समर्थकले उठाए

केन्द्रबिन्दु
0
Shares

शनिबार राजधानीमा आयोजित युथफोर्स भ्याली कमाण्ड घोषणा कार्यक्रममा सहभागीहरूले गरेको फोहोर डा. गोविन्द केसीलगायत नागरिक अभियन्ताहरूले सफा गरेका छन्। 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रको बेथिति, आर्थिक अनियमितता र भ्रष्टाचार अन्त्यका लागि डा. गोविन्द केसी एवम् उनका समर्थक आन्दोलनरत रहेका छन्। 

एमाले ओली पक्षनिकट युथफोर्सको कार्यक्रमपछि डा. केसी समर्थकहरूको प्रदर्शन माइतीघरमा तय भएको थियो। 

‘डा. केसी लगायत वीपी प्रतिष्ठान र समग्र स्वास्थ्य क्षेत्रमा भइरहेको वेथितिको विरोधमा रहेका मानिसहरू प्रदर्शनका लागि माइतीघरमा थियौं । प्रदर्शनीस्थलमा फोहोर देखेपछि सरसफाई नगरी आफ्नो कार्यक्रम सुरु गर्न हामीलाई मन लागेन,’ सेभ नेपाल ग्लोबल एलायन्सका संस्थापक एवम् विवेकशील–साझाका सचिवालय सदस्य पुकार बमले भने। 

‘हामी कुनै कार्यक्रम गरेपछि सधैँ सरसफाइ गर्ने गर्छौँ। माइतीघर वेथितिका विरुद्धमा बोल्ने हाम्रो साझा प्लेटफर्म हो। त्यसै नाताले आफ्नो प्लेटफर्मलाई सफा राख्नु हाम्रो दायित्व नै हो,’ उनले थपे। 

Logo