नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेपाल पक्षको स्थायी कमिटी बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ ।

आइतबारदेखि सुरु भएको नेपाल पक्षका नेताहरूको बैठक आज बिहान ११ बजे बुद्धनगरमा बस्दैछ । बैठक पार्टी एकताका विषयमा नै केन्द्रित हुने एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

आइतबारको छलफलमा नेताहरूले अहिलेको स्थितिमा पार्टी एकता गरेर जानूको विकल्प नरहेको बताएका थिए । बैठकमा कार्यदलले सहमति गरेको १० बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर छलफल सुरु गरिएको छ ।

आइतबार एमाले एकताका लागि भन्दै दुवै तर्फका सांसदहरूले विघटित कार्यदलका सदस्यहरूसित छलफल गरेका थिए। सांसदहरूले पनि आफूहरूको अभियानलाई निरन्तरता दिने बताएका छन् । 

एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर छलफल गर्नुपर्ने दबाब बढे पनि दुई जनाको भेटवार्ता हुन सकेको छैन । एक सातादेखि दोस्रो तहका नेताहरू प्रयासरत रहे पनि भेट हुन सकेको छैन ।

Logo