प्रदेश प्रमुखमा सिफारिसमा माओवादीले संविधान नपढ्दा…

प्रदेश प्रमुखमा सिफारिसमा माओवादीले संविधान नपढ्दा…

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रले प्रदेश प्रमुखमा सिफारिस गरेका अमिक शेरचनको गण्डकी र तिलक परियारको प्रदेश २ मा संवैधानिक रूपमा नियुक्ति नहुने भएको छ ।

संविधानको धारा १६३ मा प्रदेश प्रमुख नियुक्तिसम्बन्धी व्यवस्थामा एउटै व्यक्ति एकपटक भन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख नियुक्त हुन नपाउने भनिएको छ । उक्त व्यवस्थामा उल्लेख भएअनुसार ‘यदि मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रले गरेको सिफारिसअनुसार प्रदेश प्रमुख पहिले प्रदेश प्रमुख भएकै प्रदेशमा बनाए अवैधानिक हुनेछ ।’ माओवादी केन्द्रले पहिलेभन्दा अन्य प्रदेशमा सिफारिस गर्दा चाहिँ उनीहरूको नियुक्ति हुने अवस्था देखिएको छ । 

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले शेरचन र परियारलाई पुनः प्रदेश प्रमुख बनाउने निर्णय गरेको थियो । शेरचन यसअघि गण्डकी प्रदेशको र परियार प्रदेश २ को प्रदेश प्रमुख नियुक्त भएका थिए । ती दुइलाई यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओली मन्त्री परिषद्को निर्णयले हटाएको थियो । 
 

Logo