प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। 

यस्तै बुधबार मात्र मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल गर्न पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो। कांग्रेस सभापति देउवाले असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका थिए। यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार एक राज्यमन्त्री थप गरेका थिए। 

प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिएपछि सबै दललाई मिलाएर अगाडि बढ्ने बताउँदै  आएका छन्।

Logo