कानुन बाधक भए गैरसांसद पठाएर भए पनि नेपाल पक्षले सरकारलाई सहयोग गर्ने

कानुन बाधक भए गैरसांसद पठाएर भए पनि नेपाल पक्षले सरकारलाई सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

एमालेका दोस्रो तहका नेताहरू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘वान टु वान’ संवाद गराउन जुटिरहेका बेला एमाले माधवकुमार नेपालसहित २२ जना सांसदहरू भने देउवा नेतृत्वको सरकारलाई सफल बनाउन सरकारमा सामेल हुन लागि परेका छन्।

एमालेको विधान र कानुन बाधक भए विधान र कानुनले असर नपर्ने गरि सांसद वा गैर–सांसद पठाएर भएपनि सरकारलाई सहयोग गर्ने छलफल एमाले माधव नेपाल पक्षमा चलिरहेको छ।

एमाले माधव पक्षका एक नेताका अनुसार यदि सरकारमा सहभागी भए पार्टीबाट कारवाही नहुने अवस्था भए सांसद नै नभएपनि गैर–सांसद तर, पार्टीमा महत्वपूर्ण सहयोग पुर्याएका नेता सरकारमा सहभागी हुनेछन्।

एमालेबाट सरकारमा सहभागी हुँदा कारवाही नपर्ने त्यस्ता नेता गठबन्धनबाट राष्ट्रिय सभाका सांसद डा.खिमलाल देवकोटा एक हुन्।

त्यस्तै माधव पक्षकै अर्का एक नेताका अनुसार डा. विजय पौडेल, नगेन्द्र चौधरी छन् । उनीहरु सांसद नभएका हुन् । जसलाई पार्टीले कारबाही गरेपनि सांसद पद जाँदैन ।  

यता अर्का नेता मेटमणि चौधरीले यसअघि पनि केन्द्रबिन्दुलाई दिएको जानकारी अनुसार ३ साउनमा देउवालाई विश्वासको मत दिएपनि सरकार सफल बनाउन पनि आफ्नो  त्यहाँ उपस्थित रहने बताउँदै आएका थिए। यसको मतलब एमालेका २२ सांसदहरू सरकारमा सहभागी हुन तल्लिन देखिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको कारण पनि माधव नेपाल नै हो। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’को इच्छा पनि माधव नेपालसहितको मन्त्रिमण्डल विस्तार गर्ने योजना रहेको कारण सरकारले पूर्णता पाउन सकेको छैन।

तर, सरकारमा सहभागी भए एमालेका सांसदको पद जाने भएपछि उनीहरू पर्ख र हेरको अवस्थामा रहेका छन्।

Logo