कांग्रेसका तीन नेता सिंह, निधि र कोइरालाबीच भेट, छलफल पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित

कांग्रेसका तीन नेता सिंह, निधि र कोइरालाबीच भेट, छलफल पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा दोस्रो पुस्ताका भनेर चिनिएका तीन जना प्रभावशाली नेताहरुबीच आज भेटघाट भएको छ। 

नेता त्रय प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाबीच सिंह निवास चाक्सिबारीमा भेटघाट भएको हो। 

उनीहरुबीच कांग्रेसको आशन्न महाधिवेशन र देशको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ। 

यसअघि पनि यी तीन नेताहरुबीच पटक पटक भेटघाट भएको छ। कांग्रेसका यी तीनै नेताहरु सभापतिको दौडमा छन्। उनीहरुबीचको भेटघाटलाई निकै चासोका रुपमा लिइएको छ।

Logo