दुई एजेण्डामा छलफल गर्दै माओवादी

दुई एजेण्डामा छलफल गर्दै माओवादी

केन्द्रबिन्दु
0
Shares

सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई एजेण्डमा केन्द्रित रहेर छलफल भइरहेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आगामी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने पार्टीको संगठनात्मक संरचनासम्बन्धी प्रतिवेदनसँगै पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नामबारे छलफल भइरहेको हो।

स्थायी कमिटी सदस्य गणेश साहले स्थायी कमिटी बैठकपछि भने केन्द्रीय कमिटी बैठक बसिने बताए।

माओवादीले संगठनात्मक संरचनालाई टुङ्ग्याउन बाँकी छ। त्यसबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन तयार गरेको प्रचण्ड निकट एक नेताले बताए।

उक्त प्रतिवेदनको आधारमा संगठनात्मक संरचना बनाउने माओवादीले जनाएको छ।

Logo