नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।
आज अपरान्ह ३ बजे बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा आज बैठक केन्द्रित रहने बताइएकाे छ । आइतबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो।
हिजो आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गरेका थिए । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि नै अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । माओवादीले ७ मन्त्रालय पाउने भनिएको छ । आजकाे बैठकले ५ जनाकाे नाम 'फाइनल' गर्ने बताइएकाे हाे ।





























प्रतिक्रिया