टोपबहादुर लगायत चार नेतालाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

टोपबहादुर लगायत चार नेतालाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले माओवादी केन्द्रको कारवाहीका आधारमा संघीय सांसदबाट पदमुक्त भएका चार नेताको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले टोपबहादुर रायमाझी, लेखराज भट्ट,  प्रभु साह र गौरीशंकर चौधरीको रिटमाथि सुनुवाइ गर्दै सुविधा सन्तुलन समेतका दृष्टिले अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको भनेको छ । 

चारैजनाले माओवादीको कारवाही अवैधानिक रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका थिए । यसअघि ती चारै सांसदले माओवादी पार्टी अवैधानिक रहेको भनेर खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
 

Logo