मन्त्रिपरिषद् बिस्तार केही दिनभित्रैः पौडेल

मन्त्रिपरिषद् बिस्तार केही दिनभित्रैः पौडेल


नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले एमाले भित्रको अन्तरसंघर्षको किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक अन्तत्र्रिmयामा बोल्दै नेता पौडेलले गठबन्धनमा सामेल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पार्टीभित्र अन्तरसंघर्षमा रहेको, त्यो किनारा लागिसकेपछि मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् ।
 
सरकारको साझा कार्यक्रम पनि आइसकेको, जसपाको निर्वाचन आयोग र अदालतमा चलेको बहसको किनारा लागिसकेकाले अबको दुई, तीन दिनभित्र सरकार बिस्तार हुने उनको भनाइ थियो । 

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मन्त्री परिषद्को विस्तारमा ढिलाइ हुँदा सरकारले गर्ने काम नरोकिएको बताए । 

जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले मन्त्रिपरिषद् बिस्तारका लागि पार्टीको अध्यक्ष तहबाट मन्त्रालयको बाँडफाँट गर्न बाँकी रहेको बताए । नेता श्रेष्ठले पनि दुइ, चार दिनभित्रै मन्त्रालयको भागबन्डा टुंगिने र मन्त्रिपरिषद् बिस्तार हुने जनाए।
 

Logo