असाधारण जनमतका साथ पुनः मूलढोकाबाट प्रधानमन्त्री बन्नेछुः ओली

असाधारण जनमतका साथ पुनः मूलढोकाबाट प्रधानमन्त्री बन्नेछुः ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दावी गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘मलाई त्यति बेला पनि जालझेल, षडयन्त्र, तिकडम, गठबन्धनबाट हटाइएको हो । मैले त्यतिबेला भनेको थिए– म झ्यालबाट होइन्, जस्केलाबाट होइन, सिँढीबाट होइन, भेन्टिलेशनबाट होइन, म मूलढोकाबाट, मूलगेटबाट आउनेछु । असाधारण जनमतका साथ पुनः मूलढोकाबाट प्रवेश गरिनेछ ।’

अध्यक्ष ओलीले आफूलाई कामै गरेर जनताले प्रधानमन्त्री बनाएको तर प्रधानमन्त्री शेरबहादुर देउवा जाली मुद्धा जितेर प्रधानमन्त्री भएको दावी समेत गरे । 

अध्यक्ष ओलीले प्रतिपक्षलाई गाली गरेर नबस्न पनि सरकारलाई चेतावनी दिए। साथै, आफू प्रधानमन्त्रीबाट हटेकोमा चिन्ता नभएको पनि बताए।

Logo