प्रतिनिधि सभाको आजकाे बैठक सुरू भएको छ। बैठक एक बजेदेखि सुरू भएकाे हाे।
आजको कार्यसूचीमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पति भएको स्ट्याण्डर्ड नाप तथा तौल (पाँचौं संशोधन) विधेयक, ०७६ सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ।
यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विशेष समय लिएर कोरोना संक्रमणको अहिलेको अवस्था र यसलाई नियन्त्रण गर्नका लागि सरकारले गरेका प्रयास बारेमा जानकारी दिने पनि बताइएको छ।





























प्रतिक्रिया