पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रचण्डको प्रस्ताव

पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रचण्डको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश गरेका छन्।

अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन्।

अध्यक्षले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले छलफल गरिरहेका छन्।

यसअघि २० असारमा बोलाएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गर्ने भनिएको थियो। तर, बैठक स्थगित भयो।

आजको बैठकमा गठबन्धन सरकारमा ककसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल हुने भएको छ। माओवादीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठबन्धन सरकार बनेको २९ असारमा दुई जना मन्त्री पठाएको थियो।

त्यसयता माओवादीले मन्त्री बन्नेहरूको नाम टुंग्याएर पठाउन सकेको छैन। माओवादीमा मन्त्री बन्न चाहनेहरू अधिक छन्। त्यही भएर पनि मन्त्री बन्नेहरूको नाम टुंग्याउन नसकेको हो। 

पार्टी प्रवक्ता तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कति र कुन कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेकाले मन्त्री बन्नेहरूको नाम टुंग्याउन नसकिएको बताएका छन्।

यता माओवादीले सबै वडा कमिटी गठन गरी कमिटीको विवरण अद्यावधिक गरिसकेको छ।

Logo