प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडी पारस खड्कासँग भेट गर्दै दुई दशकमा नेपाली क्रिकेट क्षेत्रलाई उचाइमा पुर्याउन गरेकाे भूमिकाप्रति धन्यवाद दिएका छन्।
सामाजिक संजालमा पारससँग भेट भएकाे तस्वीर पाेष्ट गर्दै प्रधानमन्त्री देउवाले खड्कालाई धन्यवाद दिएका हुन्।
प्रधानमन्त्रीले भनेका छन्, 'नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।'
पारस खड्काले अघिल्लाे हप्ता मात्र अन्तर्राष्ट्रय क्रिकेटबाट सन्यास लिएका थिए । उनले लामाे समय नेपाली टीमकाे कप्तान भएर पनि काम गरे।
दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा @paras77 लाई धन्यवाद। नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस्। सरकारको साथ र सहयोग सधैं रहने छ।





























प्रतिक्रिया