आज रातिसम्म ओली सच्चिए पार्टी फुटाउँदैनौंः विरोध खतिवडा

आज रातिसम्म ओली सच्चिए पार्टी फुटाउँदैनौंः विरोध खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसद विरोध खतिवडाले अध्यक्ष केपी ओली आज रातिसम्म सुध्रिए पार्टी विभाजनका लागि अघि नबढ्ने बताएका छन्।

नसुध्रिए प्रक्रियामा जाने खतिवडाले बताए। पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले अध्यादेश सरकारले ल्याउनु आवश्यक भएको पनि बताए।

तर, तत्कालीन प्रधानमन्त्री केपी ओलीले ८ वैशाख २०७७ मा ल्याउनुलाई बेइमानी रहेको बताए।

महन्थ ठाकुरसँगै एमालेमा राजनीतिक विभाजन भइसकेको अवस्थामा कानुनी रूपमै अलग हुन अध्यादेश ल्याउनु आवश्यक रहेको उनको दाबी छ।

उनले २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दलमा पुगे पार्टी विभाजन गर्न सक्ने गरिको अध्यादेश ठाकुरको अनुरोधअनुसार सरकारले ल्याएका हुन सक्ने बताए।

उनले आफूहरूसँग २० प्रतिशत नभइ ३० देखि ४० प्रतिशत मत संसदीय दल र केन्द्रीय समितिमा पुग्ने दाबी पनि गरेका छन्। 
 

Logo