क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन्।
मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन । क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली काँग्रेसका रामेछाप जिल्ला सभापति लबश्री न्यौपानेले जनाए ।
काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसीर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने मिति पछिल्लो समय पुनः तोकिएको छ । काँग्रेस सभापतिहरुले सो मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिन पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिनु परेको स्पष्ट पारेका छन् ।
धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अविलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने प्रष्ट्याए ।
अर्का नेता केसीले काँग्रेसका हरेक सदस्यहरुले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरुको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने विचार राखे । उनले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका हरेक सदस्यहरुले क्रियाशील सदस्यबारे जानकारी गराउने लोकतान्त्रिक अधिकार हनन् हुन नहुने पनि बताए ।
युवा नेता गगन थापाले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि काँग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने धारणा राखे ।





























प्रतिक्रिया