एमालेका नेताद्वय जोशी र पौडेल माओवादी केन्द्रमा प्रवेश

एमालेका नेताद्वय जोशी र पौडेल माओवादी केन्द्रमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का राजेन्द्रप्रसाद जोशी र पवित्रा पौडेल मंगलबार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार नेता जोशी र पौडेललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरे ।

माओवादी केन्द्रमा प्रवेश गरेका जोशी र पौडेल कञ्चनपुरका स्थापित नेता मानिन्छन् । जोशीले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा २५०० भन्दा बढी मत प्राप्त गरेका थिए ।

२०३९ मा अनेरास्ववियू पाँचौंमा संगठित भई राजनीतिक जीवन प्रारम्भ गरेका जोशी नेकपा (एमाले)को कञ्चनपुर जिल्ला कमिटीमा क्रियाशील रहँदै आएका थिए । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र सम्पर्क मञ्चमा समेत रहेर काम गरेका उनी सुदूरपश्चिमका स्थापित नेता मानिन्छन्।

त्यसैगरि मंगलबार नै माओवादी केन्द्रमा प्रवेश गरेकी पवित्रा पौडेल महिला आन्दोलनकी स्थापित नेतृ हुन् । पौडेल तीन दशकदेखि राजनीतिक आन्दोलनमा सक्रिय हुँदै अनेमसंघको केन्द्रीय सचिवालयमा रहेर काम गरेकी थिइन्।

Logo