ओलीसँग विद्रोह गरेर आएको हाम्रो पार्टी माओवादीमा विलिन हुँदैनः माधव नेपाल

ओलीसँग विद्रोह गरेर आएको हाम्रो पार्टी माओवादीमा विलिन हुँदैनः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले भदौं २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन्। । 

अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहान भेट भएपनि त्यसबारे छलफल नभएको पनि जानकारी दिए । 

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२\२३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए । 

सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको चर्चा भइरहँदा अध्यक्ष नेताले मन्त्रिपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए । 

अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे । केपी ओली र उहाँका मान्छेहरुले दश बूँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै उनले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे । 

नेता नेपालले अगाडि भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्न चाहन्छु । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ । यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो ।’
 

Logo