अपाङ्गता भएका महिलाहरुको संरक्षणमा ध्यान दिन सरकारलाई निर्देशन

अपाङ्गता भएका महिलाहरुको संरक्षणमा ध्यान दिन सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसदीय समितिले फरक रुपले सबल अपाङ्गता भएका महिलाहरुको संरक्षण हुनेगरी कोभिड-१९ प्रतिकार्यका कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।

कोभिडले अपाङ्गता भएका महिलाहरुको रोजगारी र आय आर्जनमा देखिएको समस्याले दैनिक जीवनयापनमा भएको असहजताको सम्बोधन गर्न समितिले निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिले फरक रुपले सबल महिलाको जीवनयापन सहज हुने गरी नीति बनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिइएको सभापति निरुदेवी पालले बताइन् ।

तीन वटै तहले प्रभावकारी समन्वय गरी त्यस्ता महिलाहरुको बृहत्तर हित प्रवर्धन र संरक्षण हुने गरी कोभिड प्रतिकार्यका काम सम्पादन गर्न समितिले निर्देशन दिएको हो । वि.सं. ०६८ को जनगणना अनुसार १ दशमलव ९४ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा कोभिडका कारण त्यो समूह भित्र पर्ने महिलाहरु बढी प्रभावित भएको समितिको ठहर छ । समितिले कोभिडले महिलाहरुको दैनिक जीवनयापनमा अवरोध देखा परेकाले अत्यावश्यक सेवा र जनस्वास्थ्य सेवाको नियमित उपलब्धताको सुनिश्चित हुने गरी नीति बनाउन पनि समितिले भनेको छ ।

Logo