डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

केन्द्रबिन्दु
0
Shares

रौतहटको दुर्गा भगवती ३ मत्सरीमा आज बिहान एक घरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा अन्दाजी ३ बजेतिर लुटपाट भएको स्थानीयले बताएका छन्।

मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो। घरमा झा कि श्रीमती, बुहारी र सानो नाती रहेको बताइएको छ।

लुटेराले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल तेस्र्याएर हल्ला गरे गोली हान्ने धम्की दिँदै एक घण्टाभन्दा बढी समय कब्जामा लिएर लुटपाट गरेको पीडितले बताएका छन्।

पीडित झाका अनुसार पाँच लाख बराबरको नगद तथा गरगहना लुटेका छन्। झाका छोराहरू काठमाडौंमा रहेका बेला घरमा लुटपाट भएको हो। 

छोराहरूको कोठामा रहेको नगद र गरगहना कति थियो लुटिएको वा नलुटिएको उनीहरू आएपछि थाहा हुने परिवारका सदस्यहरूले बताएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। न्युज कारखाना
 

Logo