ओखलढुङ्गा जिल्ला अन्तर्गत रहेका आठ वटा पालिका मध्य सात वटामा निर्वाचन सम्पन्न भएको ओखलढुङ्गा प्रमुख निर्वचन आयुक्त कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार जिल्लाको एक मात्र नगरपालिका, सिद्धिचरण नगरपालिकामा प्रेम गुरुङ निर्वाचित भएका छन् । गुरुङ आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २४ मतले परिजित गर्दै १२२ मत सहित विजयी भएका हुन् । सिद्धिचरण नगरपालिकामा २२३ जना मतदाता रहेका थिए ।
त्यस्तै मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । १७८ मतदाता रहेको उक्त पालिकामा कार्कीले आफ्नो प्रतिद्वन्द्वीलाई १५ मतले हराउँदै ९८ मत प्राप्त गरेका हुन् । मोलुङ गाउँपालिकामा सभापति देखि सह सचिव सम्मको चुनाव भएको हो भने सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।
यता चिशांखुगढि गाउँपालिकामा पनि सभापतिका लागि मात्र निर्वाचन भएको थियो । बाँकी पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । १३६ मतदाता रहेको पालिकामा सभापति थापाले ७० मत प्राप्त गरेका हुन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई ७ मतले पराजित गरेका हुन् ।
लिखु गाउँपालिकामा कुमारराज सुवेदी, सुनकोसी गाउँपालिकामा विष्णु खड्का, सम्पादीगढि गाउँपालिकामा विष्णु पुलामी र खिजिदेम्वा गाउँपालिकामा राम सुनुवार सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेसका प्रमुख निर्वाचन आयुक्त पौडेलले केन्द्रविन्दुलाई जानकारी दिए ।
त्यस्तै माने भन्ज्याङ गाउँपालिकामा निर्वचन भइरहेको छ । निर्वचन अयुक्त पौडेल निर्वचन स्थलमा अनुगमनकालागि निस्किएका छन् ।
निर्वाचन आयुक्त पौडेलले पार्टीको विधान विपरीत काम गर्ने तीन जनालाई कारबाही गरेसँगै उनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटाइएको छ ।
प्रतिक्रिया