कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । गत शुक्रवारबाट स्वास्थ्यमा समस्या देखिएर घरमै आराम गर्दै आएका खड्कालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

खड्काले सामाजिक सञ्जाल मार्फत आफू कोरोना पोजेटिभ भएको समेत जानकारी गराएका छन् । 

“८ गते ४ बजेदेखि ज्वरो, खोकी सुरु भएको, आज १० गते एन्टिजन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ,” उनले भनेका छन्, “धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरी छोड्यो । मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।”

Logo