नेकपा (एमाले) अध्यक्ष केपी ओलीले पार्टीको बेइज्जत गर्ने र हुर्मत लिनेहरू बिदा भएपछि पार्टी राम्रो र बलियो भएको दाबी गरेका छन् ।
देशभरका वडा अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले माधव नेपाल र पुष्पकमल दाहाल पार्टीबाट अलग्गिएपछि पार्टी थप सशक्त भएको दाबी गरे ।
‘पार्टीको बेइज्जत गर्नेहरू गइसके अव पार्टी शुद्धीकरण भयो । पार्टीलाई सरकारबाट हटाउने खेल भए । पार्टीमाथि आन्तरिक र बाह्य साँठगाँठ को निष्कर्ष सरकार फेरबदलमा देखियो । अब पार्टी नयाँ ढंगले अघि बढेको छ,’ उनले भने ।
उनले लोकतान्त्रिक भनिएको पार्टी (कांग्रेस)ले समेत अधिवेशन गर्न नसकेको भन्दै एमाले उन्नत पार्टी भएको बताए ।





























प्रतिक्रिया