राप्रपाका पूर्व जिल्ला अध्यक्ष माओवादी केन्द्रमा

राप्रपाका पूर्व जिल्ला अध्यक्ष माओवादी केन्द्रमा

केन्द्रबिन्दु
0
Shares

राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वजिल्ला अध्यक्ष नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । राप्रपा कालिकोटका पूर्वजिल्ला अध्यक्ष तथा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष ऐनबहादुर शाही माओवादी (केन्द्र)मा प्रवेश गरेका हुन् ।

पूर्वअध्यक्ष शाहीलाई माओवादी केन्द्रका प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् ।

शाहीसँगै नेकपा (एमाले)का कालिकोट खाँडाचक्र नगरपालिका नगर कमिटी सदस्य धर्मराज ताम्राकार पनि माओवादी केन्द्र प्रवेश गरेका छन् । न्युज कारखाना

Skip This
Skip This
Logo