कर्णाली मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले शपथ लिँदै

कर्णाली मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले शपथ लिँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिँदै छन् । 

आजै दिउँसो नै शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । तर, नाम भने टुंगो लाग्न बाँकी छ । 

मन्त्रालय भागबन्डामा दलहरूबीच मतभेद रहेकाले उनले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेका हुन् । कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार, नेकपा (एकीकृत समाजवादी) ले तीन मन्त्रालयको दाबी गरिरहेका छन् । 

तर, सांसद संख्याको आधारमा कांग्रेसले मुख्यमन्त्रीसहित एक, माओवादीले चार र एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने गरी छलफल भइरहेको एक सांसदले बताए । 

Skip This
Skip This
Logo