प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ।

स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्ध, घनिष्ठ सांस्कृतिक आत्मियता लगायत विषयमा दुई नेताबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तस्बिर: परराष्ट्र मन्त्रालय

Skip This
Skip This
Logo